नाबालिग बलात्कारको आरोप लागेका कप्तान सन्दीप निलम्बित

नेपाल क्रिकेट संघ (क्यान) नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको जनाएको छ । नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।

सन्दीपविरुद्ध उजुरी परेको सार्वजनिक भएको दुई दिनपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा क्यानको कार्यसम्पादन समितिको निर्णयले सन्दीपलाई निलम्बन गरेको कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको जनाएको थियो । प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ । होटलमा करिब ७ घन्टा बसेर भदौ ६ गते बिहान ६ः४६ मा उनीहरु होटलबाट फकिएको फुटेजमा देखिएको बताइएको छ । 

नेपाली क्रिकेट टोली भदौ ६ गते मा केन्या प्रस्थान गरेको थियो । उक्त समयमा सन्दीप सहित ११ खेलाडी केन्या गएका थिए । केन्यासँगको पाँच टि–२० आई सिरिज नेपालले ३–२ ले जितेको थियो ।

सन्दीपले केन्यासँगको तीन एकदिवसिय अभ्यास खेल भने खेलेका थिएनन् । क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्जि गएपछि तीन एकदिवसिय अभ्यास खेल गुमाएका थिए । रोहित पौडेलको कप्तानीमा नेपालले उक्त सिरिज क्लिनस्विप गरेको थियो । सिपिएलमा सन्दीप जमैका तलवाजको टोलीमा छन् । तर, बलात्कारको आरोप लागेपछि उनी नेपाल फर्किने सम्भावना छ । सन्दीपबाहेकको टोली बुधबार स्वदेश आइसकेको छ ।

क्यान बोर्ड बैठकले गएको मंसिर २९ मा ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीपलाई कप्तानीको जिम्मेबारी सुम्पिएको थियो ।



सन्दीपको कप्तानीमा नेपालले १४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा  ४  जित, ९  हार र १ बराबरीको नतिजा निकाल्यो । त्यस्तै, टि–२० अन्तर्राष्ट्रियका १८ खेलमा  टोलीले १३ मा जित र ५ मा हार बेहोरेको थियो । करिब नौ महिना  उनको कप्तानी औसत रह्यो । 

२०१६ मा कीर्तिपुर मैदानमा नामिबियाविरुद्धको लिष्ट ‘ए’ मार्फत नेपाली क्रिकेटमा डेब्यू सन्दीपले नेपालबाट ३० एकदिवसिय अन्तर्राष्ट्रिय, ४४ टि–२० अन्तर्राष्ट्रिय एक फस्ट क्लास र ५४ लिष्ट ‘ए’ खेल खेलेका छन् । 



सन्दीपले एकदिवसीय  अन्तर्राष्ट्रियमा ६९ विकेट लिनुको साथै १७० रन बनाएका छन् । त्यस्तै, उनले टि–२० अन्त्र्राष्ट्रियमा ८५ विकेट लिँदा ५७, फस्ट क्लासमा ३ विकेट लिँदै ६४ तथा  लिष्ट `ए´ मा ११५ विकेटका साथ २१० रन बनाएका छन् ।

  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार २०:३५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया