छायानाथ राराको सय दिन : फोहोर व्यवस्थापनदेखि अवरुद्ध सडक सुचारुसम्म

मुगुको छायानाथ रारा नगरपालिकाले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानीयतहको निर्वाचन २०७९ बाट निर्वाचित भएपश्चात् नगरप्रमुख विष्णुकुमार भाम र जनप्रतिनिधिले सय दिनको अवधिमा गरेको उल्लेखनीय कामको प्रगति सार्वजनिक गरेका हुन् ।  

नगर प्रमुख भामले कार्य भार सम्हालेको एक सय दिन पुगेपछि उनले सय दिनको अवधिमा आफूले गरेका काम अर्थात् प्रगति विवरण सार्वजनिक गरेका छन् ।
    
यस्ता छन् छायानाथ रारा नगरपालिकाका सय दिनमा भएका मुख्य काम
 १. बजारको फोहोर व्यवस्थापनमा जोड 
२. स्वास्थ्य , शिक्षाको निरन्तर छड्के अभियान
३. बजारमा डस्विन व्यवस्थापन
४. खानेपानीका पाइप व्यवस्थापन 
५. नगर सुधार गृहको कार्यविधि पास 
६. नक्सा पास कार्यविधि निर्माण
७. पशुपालन कार्यविधि निर्माण 
८. विपत् व्यवस्थापन केन्द्र स्थापना
९. सडक मर्मत तथा निर्माण फुली, लुम्स, ठिनी, बालै, चैनभीरलगायत स्थानमा 
१०. मासिक बैठक निरन्तर
११. बियर तथा सिसा संकलन
१२. नगर प्रहरी सामाजिक कार्यमा परिचालन 
१३. करको दायरा राजश्व संकलनमा जोड
१४. रंगशाला निर्माणको लागि पहल
१५. हाटबजार व्यवस्थापनको लागी पहल 
१६. बसपार्क व्यवस्थापनको लागी सार्वजनिक शौचालय निर्माण
१७. पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा
१८. गमगाढ हाइड्रोपावर २ सञ्चालनको लागी मन्त्रालय बाट अनुमित 
१९. डाक्टर व्यवस्थापनका लागी कर्णाली प्रदेश सरकारसँगको समन्वय 
२०. आव २०७८ , ७९को वार्षिक बजेट काम अनुसारको मात्रै भुत्तानी
२१. विमानस्थलमा र गमगढी बजारमा फ्री वाईफाई राख्ने नीति कार्यान्वयन गरिएको  
२२. पशुपालन कृषक लाई सामाग्री वितरण 
२३. सुनौला हजारका महिलाहरूलाई पोषण सामाग्री वितरण 
२४. रातो किताब छपाई 
२५. योजना सम्झौता गर्दा ३ वटा कागज प्राविधिक, उपभोक्ता समिति र समावेशी

साथै जिल्लामा रहेका सोरु गाउँपालिका , खत्याड गाउँपालिका  र मुगुम कार्मारोङ गाउँपालिका मध्ये पहिलो पटक छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु  कुमार भामले आफू निर्वाचित भइसकेपछि सय दिन भित्र गरेका प्रगति विवरणहरूको सार्वजनिक गर्ने पहिलो जनप्रतिनिधि हुन् ।   

जुम्लाको तातोपानी गाउँपालिकाले पनि आफ्नो सय दिनको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानीय चुनाव ०७९ वाट निर्वाचित भए पछि जुम्लाको तातोपानी गाउँपालिका का नयाँ जनप्रतिनिधिहरूले सय दिन पुगेसँगै आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् ।





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार २१:२१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया