म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै स्तब्ध

युरोपा लिगअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ । ऊ समूह ‘इ’ अन्तर्गतको खेलमा घरेलु मैदानमै स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले पराजित भएको हो ।

ओल्ड ट्राफोर्डमा खेलको ५९ औं मिनेटमा ब्राइस मेन्डिसले पेनाल्टीमार्फत गरेको एक मात्र गोल सोडिडाडलाई जित दिलाउन पर्याप्त बन्यो ।

यो जितसँगै सोसिडाडले ३ अंक जोड्दा युनाइटेडले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यही समूहको अर्को खेलमा एफसी सेरिफले ओमोनिया निकोसियाविरुद्ध ३–० सहज जित निकाल्यो ।

त्यस्तै, लिगअन्तर्गतकै अन्य खेलमा फोरेनबाच, लुडोगोरेट्स, रेनेस, ब्रागा, युनिय सेन्ट जिलोइसे र लाजियोले पनि जित हात पारेका छन् । 
 





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार ६:५३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया