युरोपा लिगअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब आर्सनले विजयी सुरुवात गरेको छ । उसले समूह ‘ए’ अन्तर्गतको खेलमा स्विस टोली एफसी ज्युरिकलाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको हो ।
ज्युरिको घरेलु मैदान क्यावन पार्कमा आर्सनलाई जित दिलाउन मार्किन्होस र इडवार्ड एनकेइटाले एक–एक गोल गरे । ज्युरिचका मिर्लिन्ड क्रेजिउले एक गोल फर्काए ।
खेलको १६ औं मिनेटमा मार्किन्होसको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । ४४औं मिनेटमा क्रेजिउले पेनाल्टीमा गोल गर्दै खेललाई १(१ को बराबरीमा ल्याए ।
६२ औं मिनेटमा एनकेइटाले मार्किन्होसको पासमा गोल गर्दै आर्सनलाई २–१ को रोमाञ्चक जित दिलाए । यो जितसँगै आर्सनलले ३ अंक जोड्दा ज्युरिकले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यही समूहको अर्को खेलमा पिएसभी इन्डोभेन र बोडो–गिल्मटले १–१ को बराबरी खेले । त्यस्तै, लिगअन्तर्गतकै अन्य खेलमा रियल बेटिस, मोनाको, फेरेन्सिभारोस, एसके स्ट्रम ग्राज, नान्टेस र एससी फ्रेइबर्गले पनि जित हात पारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।