यी हुन् एलिजाबेथ द्वितीयले आफ्नो शासनकालमा नियुक्त गरेका १५ प्रधानमन्त्री

बेलायती इतिहासमा सबैभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीय​को ९६ वर्षको उमेरमा निधन भएको छ । महारानी एलिजाबेथ द्वितीय​​को निधनले दोस्रो एलिजाबेथन युगको अन्त्य भएको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।   

महारानी एलिजाबेथ द्वितीय​​ले दुईदिन अगाडि मात्रै आफ्नो शासनकालको १५ औँ प्रधानमन्त्रीका रूपमा लिज ट्रसलाई नियुक्त गरेकी थिइन् । बिहीबार दिउँसो बालमोरलमा महारानी एलिजाबेथ द्वितीय​​ले आफ्नो शासनकालको नयाँ प्रधानमन्त्रीमा ट्रसलाई नियुक्त गरेकी थिइन् । यो नै उनको ७० बर्से शासन कालको अन्तिम संवैधानिक कर्तव्य सावित भएको छ । 

महारानी एलिजाबेथ द्वितीय​​ले बेलायतको शासन सम्हालेपछि पहिलो प्रधानमन्त्री विन्स्टन चर्चिललाई नियुक्त गरेकी थिइन् । एलिजाबेथ द्वितीय​​ले विन्स्टन चर्चिललाई सन् १९५१ मा बेलायतको प्रधानमन्त्रीको रूपमा नियुक्त गरेकी थिइन् ।

उनले आफ्नो शासनकालमा एन्थोनी इडेन, ह्यारोल्ड म्याकमिलन, एलेक डगलस, ह्यारोल्ड विल्सन (दुईपटक) प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । 

त्यस्तै, एडवर्ड हेथ, जेम्स कालाघन, मार्गरेट थ्याचर, जोन मेजर, टोनी ब्लेयर, गोर्डन ब्राउन, डेभिड क्यामरुन, थेरेसा मे, बोरिस जोन्सन र १५ औँ प्रधानमन्त्रीको रूपमा बिहीबार लिज ट्रसलाई नियुक्त गरेकी थिइन् ।  

बकिङ्घम प्यालेसमा दिउँसो १२ बजेर ३० मिनेटमा एक विज्ञप्ति जारी गर्दौ डाक्टरहरूले एलिजाबेथ द्वितीय​​​ स्वास्थ्य चिन्ताजनक रहेको बताएपछि उनलाई बालमोरलमा मेडिकल सुपरिवेक्षणमा राखिएको थियो । 



शुक्रबार साँझ ६ बजे बकिंघम प्यालेसले एलिजाबेथ द्वितीय​को बालमोरलमा शान्तिपूर्वक मृत्यु भएको जनाएको थियो । अब बेलायतको उत्तराधिकारीका रूपमा उनका छोरा राजा चार्ल्स तृतीयको शासनकालको घोषणा हुनेछ ।  



  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार ८:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया