ग्राहम पोटर चेल्सीको नयाँ प्रशिक्षक नियुक्त
फरकधार / २४ भदौ, २०७९

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले ग्राहम पोटरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । चेल्सीले बिहीबार एक विज्ञप्ति निकाल्दै पोटरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।



चेल्सीले बुधबार मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको थियो । टुचेलको स्थानमा क्लबले ब्राइटनका मुख्य प्रशिक्षक पोटरलाई नियुक्त गरेको हो ।

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार डिनामो जाग्रेबसँग १–० ले पराजित भएपछि चेल्सीले टुचेललाई बर्खास्त गरेको थियो । पोटर र चेल्सीबीच पाँच वर्षको सम्झौता भएको छ ।



अब उनको नेतृत्वमा क्लबले शनिबार प्रिमियर लिगअन्तर्गत फुलहमसँग पहिलो खेल खेल्नेछ । 



  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार ८:४०:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया