महिला साफ च्याम्पियनसिपमा भुटानकाे सामना गर्दै श्रीलंका

काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने समूह `बी´ अन्तर्गतकाे खेलमा श्रीलंकाले भुटानकाे सामना गर्नेछ ।

खेल साँझ साढे ५ बजे सुरु हुनेछ । ​पहिलो खेल खेल्न लागेकाे श्रीलंका भुटानलाई हराएर सुखद सुरुवातको योजनामा छ । पहिलो खेलमा नेपालसँग ४–० ले पराजित भुटानलाई सेमिफाइनल सम्भावना जीवित राख्न याे खेल जित्नैपर्ने दबाब छ ।

महिला साफ च्याम्पियनसिपमा यी दुईले हालसम्म ४ खेलमा एकअर्काकाे सामना गरेका छन् । श्रीलंकाले ३ जित निकाल्दा एक खेल बराबरीमा सकिएको छ ।

सन् २०१० को पहिलो भेटमा यी दुईले १–१ को बराबरी खेलेका थिए । सन् २०१४ को पछिल्लाे भेटमा श्रीलंका ३–० ले विजयी भएकाे थियाे ।





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार ८:५८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया