स्विटेक युएस ओपनकाे फाइनलमा, उपाधिका लागि जाबेउरविरुद्ध भिड्ने

विश्व नम्बर १ पाेलिस स्टार इगा स्विटेक युएस ओपन टेनिस प्रतियाेगिताकाे फाइनलमा प्रवेश गरेकी छन् ।

उनी आज बिहान सम्पन्न खेलमा बेलारूसकी आर्यना साबालेन्कालाई  २–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् ।

आर्थर एस स्टेडियममा स्विटेकले पहिलाे सेट ३–६ ले गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका सेट ६–१ र ६–४ ले आफ्नो पक्षमा पारिन् ।

अब उनले उपाधिका लागि ट्युनिसियाकी ओन्स जाबेउरकाे सामना गर्नेछिन् । 

जाबेउर फ्रेन्च खेलाडी क्याराेलिना गार्सियालाई ६–१ र ६–३ ले हराउँदै फाइनल प्रवेश गरेकी हुन् ।





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार ९:२९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया