सिप्यान क्रिकेट अवार्ड आज, को-को छन् मनोनयनमा ?

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गर्दै आएको सिप्यान क्रिकेट अवार्ड आज हुँदैछ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने सिप्यानले जनाएको छ । 

सिप्यानले यसपटक वर्ष खेलाडी पुरुष–महिला, वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड गरी ५ विधामा पुरस्कार वितरण गर्दैछ ।

वर्ष पुरुष खेलाडी र महिला खेलाडीले अवार्डसहित जनही १ लाख ३२ हजार रुपैयाँ, वर्ष उदीयमान खेलाडीले ६६ हजार, वर्ष उत्कृष्ट क्षणले भोटिङका आधारमा ६६ हजार र विशेष अवार्ड विजेताले १ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

पुरुष वर्षको खेलाडीको मनोनयनमा दीपेन्द्रसिंह ऐरी, करण केसी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने र कुशल भुर्तेल छन् । ज्योति पाण्डे, इन्दु बर्मा, सीता राना मगर, कविता कुँवर र रुबिना क्षेत्री महिला वर्ष खेलाडीको मनोनयनमा परेका छन् । 

उदीयमान खेलाडीको मनोनयनमा देव खनाल, हिरनमायी रोय, लोकश बम, सागर ढकाल र आदिल अन्सारी छन् । त्यस्तै, बर्षको उत्कृष्ट क्षणको मनोनयमा दीपेन्द्रसिंह ऐरीको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय शतक, सन्दीप लामिछानेले  पुपुवा न्युगिविरुद्ध एकै खेलमा लिएको ६ विकेट, कुशल भुर्तेलको लगातार ३ टी–२० अर्धशतक र अस्मिना कर्माचार्यले यूएईविरुद्ध एकै खेलमा लिएको ५ विकेट परेका छन् । 

प्राविधिक समिति गठन गरेर तोकिएको मापदण्डका आधारमा खेलाडी छनोट गरिएको सिप्यानका अध्यक्ष मनिष राज पाण्डेले जानकारी दिएका छन् ।  



कोभिडका कारण गत वर्ष अवार्ड कार्यक्रम हुन पाएको थिएन । कोभिडपछि अहिलेसम्मको क्षणलाई मूल्याङ्कन गरेर वर्ष उत्कृष्ट क्षणको छनोट गरिने सिप्यानले जनाएको छ । 



  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार ११:६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया