एसिया कप सुपर फोरको अन्तिम खेलमा पाकिस्तान र श्रीलंका भिड्दै

यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । सुपर फोरअन्तर्गतको अन्तिम खेलमा आज श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । एसिया कपको फाइनल पुगिसकेका दुवै टोली सुपर फोरमा अपराजित रहन चाहन्छन् । 

यो खेलको विजेता शीर्ष तथा पराजित हुने टोलीले दोस्रो स्थानमा रहेर फाइनल खेल्नेछन् । सुपर फोरका अघिल्ला खेलमा पाकिस्तानले भारतलाई ५ तथा अफगानिस्तानलाई एक विकेट हराउँदा श्रीलंकाले भारतविरुद्ध ६ तथा अफगानिस्तानविरुद्ध ४ विकेटको जित निकालेको थियो । 

एसिया कपमा यी दुई टोलीले हालसम्म १५ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा श्रीलंका बलियो देखिन्छ । उसले एसिया कपमा पाकिस्तानलाई १० खेलमा हराएको छ । त्यस्तै, पाकिस्तानले एसिया कपको पाँच खेलमा श्रीलंकालाई हराएको छ । 

सन् १९८४ को पहिलो भेटमा श्रीलंका ५ विकेट तथा २०१६ को पछिल्लो भेटमा पाकिस्तान ६ विकेटले विजयी भएका थिए ।  





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार १२:४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया