गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको छः प्रधानमन्त्री
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन ठीक छैन भनेर टुटाउनका लागि षड्यन्त्र भइरहेको बताएका छन् ।

शुक्रबार जनताको साथमा कांग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रम एवं बिपी कोइरालाको १०९ औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । 

उनले गठबन्धन अहिलेको आवश्यकता भएकोले गठबन्धन ठीक छैन भन्नु षड्यन्त्रकारी कुरा भएको उल्लेख गरे । उनले गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिवद्धता जनाए । 

उनले भने, ‘गठबन्धन कुनै पनि हालतमा टुट्न दिन्न । गठबन्धन ठीक छैन भन्ने कुरा षड्यन्त्रकारी कुरा हो । पार्टीलाई सिध्याउने षड्यन्त्र हो यो । गठबन्धन रहे पो पार्टी बलियो हुन्छ ।’

प्रधानमन्त्री देउवाले गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र भएको पनि उल्लेख गरे । उनले गठबन्धन बलियो भए मात्रै पार्टी बलियो बन्ने बताए । उनले गठबन्धनबाट जतिसक्दो धेरै फाइदा लिनुपर्ने बताए ।

शुक्रबार जनताको साथमा कांग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रमका लागि प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँण चितवन पुगेका थिए ।





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार १९:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया