उत्तर कोरियाले जारी गर्‍यो आणविक शक्ति नीतिसम्बन्धी कानुन
फरकधार / २४ भदौ, २०७९
फाइल तस्वीर

उत्तर कोरियाको सर्वोच्च जनसभाले आणविक शक्तिसम्बन्धी राज्यको नीतिसम्बन्धी कानुन बिहीबार पारित गरेको सरकारी कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले शुक्रबार जनाएको छ ।



उक्त कानुनले उत्तर कोरियाले आणविक युद्धलगायत सबै प्रकारका युद्धको विरोध गर्ने र शान्तिपूर्ण विश्व निर्माण गर्न चाहेको उल्लेख गरेको छ ।

'उत्तर कोरियाको आणविक स्थिति विश्वसनीय, प्रभावकारी र परिपक्व आणविक प्रतिरोध, रक्षात्मक र जिम्मेवार आणविक शक्ति नीतिद्वारा प्रत्याभूत गरिएको छ,' केसीएनएले उल्लेख गरेको छ । 



आणविक शक्तिसम्बन्धी उत्तर कोरियाको नीतिको उद्घाटन र आणविक हतियारको प्रयोगको कानुनी सर्तको उद्देश्य आणविक हतियार राष्ट्रहरूबीच गलत अनुमान र आणविक हतियारको दुरुपयोगलाई रोक्दै आणविक युद्धको खतरालाई अधिकतम रूपमा कम गर्नु रहेको केसीएनएले उल्लेख गरेको छ ।



आणविक शक्तिलाई ‘राज्यको रक्षा क्षमताको मेरुदण्ड’ को रूपमा वर्णन गर्दै केसीएनएले भनेको छ, 'उत्तर कोरियाले देश र जनताको सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्ने बाह्य आक्रमण र आक्रमणको सामना गर्न अन्तिम माध्यमको रूपमा आणविक हतियारको प्रयोग गर्ने आफ्नो मुख्य सिद्धान्तको रूपमा लिनेछ ।'

  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार २१:२१:४६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया