सिप्यान अवार्डमा दीपेन्द्र र सीता उत्कृष्ट

नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) ले आयोजना गरेकाे  सिप्यान क्रिकेट अवार्डमा दीपेन्द्रसिंह ऐरी र सीता राना मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

ऐरीले वर्षको उत्कृष्ट पुरुष तथा मगरले वर्षको उत्कृष्ट महिला खेलाडीकाे अवार्डसहित समान १ लाख ३२ हजार रुपैयाँ नगद हात पारे ।

राष्ट्रिय टाेलीका पूर्वकप्तान पारस खड्काले स्पेसल अवार्डसहित १ लाख ३२ हजार रुपैयाँ हात पारे ।

यस्तै समर्थकको भोटिङका आधारमा छनाेट गरिएको `मोमेन्ट अफ दि इअर´ अवार्ड जितेकी अस्मिना कर्माचार्यले ६६ हजार रुपैयाँ नगद हात पारिन्  ।

उदयीमानी खेलाडीकाे अवार्ड विजेता यू-१९ क्रिकेट टाेलीका कप्तान देव खनालले ६६ हजार प्राप्त गरे ।





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार २१:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया