शंकर पोखरेल भन्छन् - निर्वाचनमा एमालेले कुनै दलसँग तालमेल गर्दैन
फाइल तस्वीर

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा पार्टीले कुनै पनि दलसँग तालमेल वा गठबन्धन नगर्ने बताएका छन् । 

शुक्रबार भक्तपुरमा राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशसभाको प्रथम अधिवेशन तथा प्रदेशस्तरीय निर्वाचन परिचालन भेलामा उनले आगामी ४ मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा पार्टीले राजनीतिकरूपमा कुनै पार्टीसँग तालमेल नगर्ने बताएका हुन् । 
    
जिल्लास्तरमा अवस्था र आवश्यकता हेरेर पार्टी जिल्ला कमिटीको चाहनामा तालमेल गर्न पार्टी केन्द्रीय कमिटीले भने नरोक्ने उनले बताए । 

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भक्तपुरमा गठबन्धनले कुनै असर नगर्ने बताउँदै कार्यकर्ता एकढिक्का भएर चुनावमा होमिन निर्देशन दिए ।     
 





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार २१:३५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया