हसरंगाकाे घातक बलिङमा पाकिस्तानविरुद्ध श्रीलंकाको शानदार जित

यूएईमा जारी टी–२० एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर फोरको अन्तिम खेलमा श्रीलंकाले जित हात पारेको  छ । श्रीलंकाले गएरातिको खेलमा पाकिस्तानविरुद्ध ५ विकेटको जित हात पारेको  हो ।

पाकिस्तानले दिएको १२२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि पाथुम निशन्काले ५५ रनको अर्धशतकीय पारी  खेले । ४८ बलको सामना गरेका उनले पाँच चौका र एक छक्का प्रहार गरे । भानुका राजापाक्षेले २४  कप्तान दासुन शानकाले २१ र वानिन्दु हसरंगाले अविजित १० रन बनाए ।  

पाकिस्तानका मोहमद हसनैन र हरिस रौफले दुई/दुई विकेट लिए । त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो ।

उसका लागि कप्तान बाबर आजमले सर्वाधिक ३० रनको योगदान दिए । मोहम्मद नवाजले २६, मोहम्मद रिजवानले १४ तथा फखर जमान र इफ्तिखर अहमद समान १३ रन जोडे । श्रीलंकाका वानिन्दु हसरंगाले ३, महेश थिक्क्षणा र प्रमोद मदुशनले दुई/दुई विकेट  तथा धनन्जय डी सिल्भा र चमिका करूणारत्नेले एक/एक विकेट लिए । 

यो जितसँगै श्रीलंका सुपर फोरमा अपराजित रहदै फाइनल पुगेको छ । शीर्ष स्थानको श्रीलंकाले ३ खेलमा ६ अंक जोड्यो । पराजित पाकिस्तान पनि दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको छ । 

उसको ३ खेलबाट ४ अंक रह्यो । अब आइतबार हुने फाइनलमा यी दुईले नै प्रतिस्पर्धा गर्नेछन् ।  





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार ७:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया