दार्चुलाको नौगाड गाउँपालिका–१ सल्लामा खसेको पहिरोमा परेर एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण घरमाथिबाट खसेको पहिरामा च्यापिएर अन्दाजी १३÷१४ वर्षीया मदे ठगुन्नाको मृत्यु भएको हो ।
उनको शव पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार राति १ बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुबा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, पहिरोमा परेर सोही ठाउँकी अन्दाजी ३० वर्षीया किमडी ठगुन्ना बेपत्ता भएकी बताइएको छ । पहिरोले ७/८ घर पुरेकाले क्षतिको विवरण आउन बाँकी रहेको छ ।
लगातारको वर्षाले उद्धार कार्यमा समेत कठिनाइ भएको स्थानीयले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।