एकदिवसीय अन्तर्राष्ट्रियबाट संन्यास लिने फिन्चको घोषणा

अस्ट्रेलियाका कप्तान आरोन फिन्चले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् ।

फिन्चले फिन्चले शनिबार एकदिवसीय अन्तर्राष्ट्रियबाट संन्यास घोषणा गरेका हुन् ।

उनले आइतबार हुने न्युजिल्याण्डविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलपछि संन्यास लिने बताएका छन् । 

घरेलु मैदानमा हुने न्युजिल्याण्डविरुद्धको खेल फिन्चको १४६ औं एकदिवसीय अन्तर्राष्ट्रिय हुनेछ ।

३६ वर्षीय फिन्च टी–२० मा भने कप्तान नै रहने छन् । उनले घरेलु मैदानमा आयोजना हुने विश्वकपमा अस्ट्रेलियन टोलीको नेतृत्व गर्ने छन् ।

सन् २०१३ मा श्रीलंकाविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय करिअर सुरु गरेका फिन्चले हालसम्म यो शैलीका १४५ खेलमा १७ शतक र ३० अर्धशतकसहित ५४०१ रन प्रहार गर्दा ४ विकेट पनि हात पारेका छन् ।





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार १३:२३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया