एन्फा अध्यक्ष र कतार फुटबल संघका अध्यक्षबीच भेटवार्ता

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल थानीसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष नेम्वाङले शनिबार दोहामा कतार एफएका अध्यक्ष हमादसँग भेटवार्ता गरेको एन्फाले जनकारी दिएको हो । 

भेटमा दुई अध्यक्षबीच फुटबलका विषयमा विस्तृत छलफल भएको एन्फाले जनाएको छ । कतार एफएले एन्फालाई गर्दै आएको सहयोग जारी राख्दै दुई फुटबल संघबीचको समन्वय सम्बन्धलाई अझ बलियो बनाउन र विकासका क्षेत्रहरू खोज्ने विषयमा छलफल केन्द्रित रहेको एन्फाले जनाएको छ ।

कतार भ्रमणमा रहेका एन्फा अध्यक्ष नेम्वाङलाई कतार एफएका अध्यक्षले मायाको चिनो प्रदान गरेका थिए ।





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार १३:३९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया