नेकपा एस ४० सिट ल्याएर सरकारमा किङ मेकर बन्छ : उपमहासचिव पौडेल
फरकधार / २५ भदौ, २०७९

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले आगामी निर्वाचनमा आफ्नो पार्टीले ४० सिट ल्याउने दाबी गरेका छन् । 



पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव डा. पौडेलले आगामी मंसिर ४ गते हुने निर्वाचनबाट पार्टी सरकारमा किङ मेकरको रूपमा स्थापित हुने दाबी गरे । 

अहिले आफ्नो पार्टीका जेण्डाहरू सरकारमा पूर्ण रूपमा लागू गर्न नसकेको बताउँदै पौडेलले आगामी सरकारलाई नेपाली कृषकको उत्पादन सरकारले खरिद गर्नेगरी बाध्य बनाउने नीति पार्टीले लिएको बताए। 



रक्सी खानु गलत भए पनि नखाई नहुने अवस्थामा विदेशी रक्सी छाडेर नेपाली गाउँ ठाउँमा बनाएको तीनपाने ब्राण्डिङ रक्सीको बिक्री वितरण खुला हुनुपर्ने, नेपालमा पनि गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने पक्षमा पार्टीले लबिङ गर्ने उनले बताए।



व्यापारीहरूको बार्गेनिङबाट बच्न कार्यकर्तालाई आयआर्जनमा केन्द्रित गर्नुपर्ने बताउँदै पौडेलले पार्टी बाहिरी चन्दाबाट नभई कार्यकर्ताको चन्दाबाट सञ्चालन हुनुपर्ने बताए । 

कार्यक्रममा नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष एव पार्टीका आर्थिक विभाग प्रमुख सोमप्रसाद पाण्डेले अहिलेको गठबन्धन अझै १० वर्षसम्म कायम रहने बताए । ओलीको निरंकुश शासन सञ्चालनको अवस्थाबाट बचाउन गठबन्धन बनेको उनको भनाइ छ । 

  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार १८:७:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया