काठमाडौंमा जारी छैटौँ महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतले लगातार दोस्रो नित निकालेको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालमा आज सम्पन्न समूह ‘ए’अन्तर्गतको खेलमा भारतले माल्दिभ्सलाई ९–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।
यो जितसँगै भारतले एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको छ । त्यस्तै, यो नतिजासँगै बंगलादेश पनि सेमफिाइनल पुग्यो ।
भारतलाई जित दिलाउन अन्जु तामाङले ४, डाङमेई ग्रेसले २ तथा प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले समान एक गोल गरे ।
खेलको २४ औँ मिनेटमा अन्जुको गोलमार्फत भारतले अग्रता लिएको थियो । ४२औँ मिनेटमा प्रियंकाले टोलीको अग्रता दोब्बर बनाइन् ।
पहिलो हाफको थप गरिएको समयमा समयमा अन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–० ले अघि बढाइन् । ५३औँ मिनेटमा ग्रेसले गोल गर्दा टोली ४–० ले अघि बढायो ।
५६औँ मिनेटमा सौम्याले भारतका लागि पाँचौँ गोल गरिन् । खेलको ८४औँ मिनेटमा कश्मिनाले गाल गर्दा भारतले ६–० को फराकिलो अग्रता बनायो । ८५ औं मिनेटमा अन्जुले ह्याट्रिक पूरा गर्दै टोलीलाई ७–० ले अघि बढाइन् ।
८६औँ ग्रेसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि ८औँ गोल गरिन् । ८८औं मिनेटमा अन्जुले व्यक्तिगत चौथो गोल गर्दा भातरले ९–० को फराकिलो जित निकाल्यो ।
योसँगै भारत र बंगलादेश समान २ जितका साथ ६ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । भारतले पहिलो खेलमा पाकिस्तानलाई ३–० ले पराजित गरेको थियो ।
बंगलादेशले पहिलो खेलमा माल्दिभ्सलाई ३–० तथा शनिबार भएको खेलमा पाकिस्तानलाई ६–० ले हराएको थियो । दुवै खेलमा पराजित माल्दिभ्स र पाकिस्तान भने समूह चरणबाटै बाहिरिएका छन् ।
समूह चरणको अन्तिम खेलमा भारत र बंगलादेश भिड्नेछन् । यो खेलले समूह विजेताको टुंगो लगाउनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।