बुन्डेस लिगा : स्टुटगार्टसँग बराबरीमा रोकियो बायर्न

जर्मन बुन्डेस लिगमा घरेलु टोली बायर्न म्युनिख बराबरीमा रोकिएको छ  । ऊ एलियान्ज एरिनामा स्टुटगार्टसँग २–२ बराबरीमा रोकिएको हो ।

खेलको ३६ औं मिनेटमा म्याथिस टेलले बायर्नलाई सुरूवात अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा क्रिस फुरिचले स्टुटगार्टलाई १–१ को बराबरीमा ल्याए ।

 ६० औं जमाल मुसियालाले गोल गरेपछि बायर्न २(१ अघि बढेको थियो । थप गरिएको समयमा स्टुटगार्टका  सेर्होउ गुइरासीले गोल गर्दा खेल २२ को बराबरीमा सकिएको हो ।

यो नतिजासँगै ६ खेलमा १२ अंक जोडेको बायर्न शीर्ष स्थानमा रहँदा स्टुटगार्ट समान खेलबाट ५ अंकका साथ १३ औं स्थानमा छ ।

लिग अन्तर्गतकै अन्य खेलमा आरबी लाइप्जिग, उल्भ्सबर्ग र होफेनहिमले जित निकाल्दा बायर लिभरकुसेन हर्था बर्लिनसँग बराबरीमा रोकियो ।





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार २१:२७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया