कांग्रेसमा प्रधानमन्त्रीका अर्का आकांक्षी– प्रकाशमान सिंह

नेपाली कांग्रेसमा आसन्न प्रतिनिधिसभा निर्वाचनपछि प्रधानमन्त्री हुने होडबाजीमा अर्का नेता पनि थपिएका छन् । काठमाडौं क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्य रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह यो पंक्तिमा थपिएका हुन् ।

यसअघि प्रधानमन्त्रीको आकांक्षा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राखिसकेका छन् । त्यस्तै, यो निर्वाचनपछि आफूले पाएमा कांग्रेस हुने महामन्त्री गगन थापाले पनि इच्छा व्यक्त गरेका छन् । 

कांग्रेस वृत्तमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा फेरि एकपटक प्रधानमन्त्रीमा दोहोरिन चाहेको चर्चा चल्ने गरेकै छ । त्यस्तै, पछिल्लो समय देउवाले पत्नी आरजू राणालाई पनि प्रधानमन्त्री बनाउने चाहना राखेको कांग्रेसमा वृत्तमा चल्ने गरेको छ ।

सिंहले चाहिँ शनिबार काठमाडौं महानगरपालिका वडा नं १० देवीनगरमा कुमाले धारा मर्मत तथा पार्क सौन्दर्यीकरण कार्यक्रमको उदघाटन गर्दै प्रधानमन्त्री बन्ने चाहना प्रकट गरेका हुन् ।

‘संसदीय शासन प्रणालीमा पहिले सांसद हुनुपर्‍यो । सांसद भइसकेपछि संसदीय दलको नेता हुनुपर्‍यो । अनि बल्ल प्रधानमन्त्री हुन्छ,’ उनले भने ।
 





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार २२:१०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया