सहज जित निकाल्दै बार्सिलोना ला लिगाकाे शीर्ष स्थानमा
फरकधार / २६ भदौ, २०७९

स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले जित निकालेको छ । उसले घरेलु टोली काडिजविरुद्ध ४–० को सहज जित निकालेको हो ।



स्टेडियो न्युभो मिरान्डिलामा बार्सिलोनालाई जित दिलाउन फ्रान्की डी जोङ, रोबर्ट लेवान्डोस्की, अन्सु फाती, ओसुमाने डेम्बेलेले एक/एक गोल गरे ।

खेलको ५५ औं मिनेटमा फ्रान्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए ।



८५ औं मिनेटमा दर्शकको स्वास्थ्यमा समस्या आएपछि खेल केहि समय रोकिएको थियो । दर्शकको स्वास्थ्यमा समस्या आएपछि काडिजका गोलरक्षक लेडेज्माले तत्कालै स्वास्थ्य उपकरण बिरामी दर्शकसम्म पुर्याउन मद्दत गरेका थिए ।



फेरि सुरु भएको खेलको ८६ औं मिनेटमा फातीले गोल गर्दै पाहुना टोलीलाई ३–० ले अघि बढाए । थप गरिएको समयमा डेम्बेलेले गोल गरेपछि बार्सिलोनाले ४–० को जित निकाल्यो । 

जितसँगै ५ खेलमा १३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिँदा पराजित काडिज समान खेलबाट विना अंक पुछारमा छ । ​लिगअन्तर्गतकै अन्य खेलमा जिरोना, रायो भ्यालेकानो, सेभिया र एथलेटिको मड्रिडले पनि जित हात पारे ।  

  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार ७:१५:४८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया