अलग्गिए हनी सिंह र शालिनी

पञ्जाबी गायक योयो हनी सिंह र पत्नी शालिनी तलवारको सम्बन्धविच्छेद भएको छ । दिल्लीको साकेत डिस्ट्रिक्ट कोर्टको फेमिली कोर्टले यो मामलाको सुनुवाइ गरेको छ । हनीले ‘एलिमनी’का रूपमा १ करोड रुपैयाँको चेक बन्द खाममा शालिनी तलवारलाई दिएका छन् ।

अदालतमा बिहीबार हनी र शालिनीको बीच काउन्टर एलिगेसनपछि मामला टुंगो लागेको हो । त्यसपछि दुवैबीच एक करोडको ‘एलिमनी’ सम्झौता भएको छ । यो मामलाको आगामी सुनुवाइ २० मार्च २०२३ मा हुनेछ । जसमा आगामी प्रस्तावमा सुनुवाइ हुनेछ ।

शालिनीले गत वर्ष ३ अगस्टमा तीस हजारी कोर्टमा हिरदेश सिंह अर्थात् हनी सिंहविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी थिइन् । उनले हनीले आफूमाथि ‘आक्रमण’ गरेको आरोप लगाएकी थिइन् । शालिनीले विवाहपछि आफूले १० वर्ष समय दिए पनि हनीले भने शारीरिक र मानसिक यातना मात्र दिएको दाबी गरेकी छन् ।

शालिनीले हनीले अन्तर्राष्ट्रिय यात्रामा जाने बहानामा अर्की महिलाहरूसँग अवैध सम्बन्ध बनाउने गरेको आरोप पनि लगाएकी थिइन् । शालिनीले आफूलाई पतिले जनावरजस्तो व्यवहार गरेकाले हनीबाट अलग्गिन चाहेको बताएकी थिइन् । शालिनीले उजुरीमा १० करोड ‘एलिमनी’को माग गरेकी थिइन् ।

हनीले शालिनीसँग १७ वर्ष डेट गरेपछि सन् २०११ जनवरी २३ मा विवाह गरेका थिए । उनीहरू बाल्यकालदेखि नै एकअर्कालाई चिन्थे र एकै विद्यालयमा पढ्थे ।

शालिनीले आफूलाई आरोप लगाए पनि हनीले भने आरोप अस्वीकार गर्दै आएका छन् । 





  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार १०:३६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया