एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सदस्य चापागाईँ

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईँ एमालेमै फर्किएका छन् । एमाले अध्यक्ष केपी ओलीले आफ्नो निवास बालकोटमा आइतबार चापागाईँलाई खादा ओढाएर पार्टीमा स्वागत गरे ।

रूपन्देहीको बुटवल निवासी चापागाईँ एमालेका पुराना कार्यकर्ता हुन् । उनी गत वर्ष पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए । एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईँ उक्त पार्टीको अर्थ तथा योजना विभागको उपप्रमुख र रूपन्देहीका निवर्तमान सहइन्चार्ज थिए ।

एमालेमै फर्केपछि डा. चापागाईँले नेपालको राजनीति एकातिर वामपन्थी, प्रगतिशील र अर्कोतर्फ दक्षिणपन्थी, पुँजीवादी गरी दुई ध्रुव विभाजित रहेको र वामपन्थी, प्रगतिशील धारको नेतृत्व एमाले र यसका अध्यक्ष केपी ओलीले मात्र गर्नसक्छन् भन्ने निष्कर्षका साथ आफू पुरानै पार्टीमा फर्किएको बताए ।

मुलुकले अग्रगमन र राजनीतिक स्थायित्व चाहिरहेको र त्यो एमालेले गर्नसक्छ भन्दै चापागाईँले एमालेलाई बलियो राजनीतिक शक्तिका रूपमा विकास गर्न पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताए । 





  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार १२:३६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया