कांग्रेसले सयभन्दा कम सिटमा उम्मेदवारी दिन नहुने शेखर कोइरालाको तर्क

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बहुमत ल्याउन नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कम्तिमा एक सय सिटमा उम्मेदवारी दिनु पर्ने बताएका छन् । 

उनले सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय केन्द्रीय समितिले गरेको र बहुमत ल्याउन सयभन्दा कम सिटमा उम्मेदवारी दिएर नहुने बताएका हुन् ।

मोरङमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसले एक्लै जितेका प्रतिनिधिसभा र प्रदेश सभा क्षेत्र छोड्न नहुने र आफूले यही कुरा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भनेको बताएका छन् । उनले २०७४ मा कांग्रेसले एक्लै जितेका निर्वाचन क्षेत्र छोड्दा पार्टीमा विद्रोहसमेत हुनसक्ने बताएका छन् ।

उनले राजनीतिक स्थिरता तथा स्थिर सरकार बनाउनका लागि कांग्रेसले सय सिटमा उम्मेदवारी दिएर बहुमत ल्याउनै पर्ने दाबीसमेत गरेका छन् ।





  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार १३:२७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया