राजीनामा दिए महाभियोग फिर्ता लिन्छु भनेका थिएः चोलेन्द्रशम्शेर

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूले राजीनामा दिए महाअभियोग फिर्ता लिने प्रस्ताव नेपाली कांग्रेसका नेताहरुले लिएर आफ्नो घरमा नै आएको दाबी गरेका छन् । उनले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाएको खण्डमा महाभियोग फिर्ता लिने प्रस्ताव पनि आएको बताएका छन् ।

आइतबार बसेको महाभियोग समितिको बैठकमा बोल्दै कांग्रेसकी डिना उपाध्याय आफ्नो क्वाटरमा आएको उनले बताएका हुन् ।

‘राजीनामा दिने हो भने हामी सहजीकरण गर्छौँ,’ उनले बयानमा भनेका छन्, ‘दीपकलाई दिनुस् भनेर राजनीतिक पार्टीका शीर्ष नेताले भनेका हुन् । को नेताले भनेको हो म त्यो पनि भन्दिन्छु ।’

उनले त्यसपछि डिनाको नाम लिएका हुन् ।

उनले डिनाजी आफूलाई भेट्न आएको र उनले प्रचण्ड तथा शेरबहादुर देउवासँग छलफल गरेर आएको बताएको पनि बताएका छन् ।





  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार २१:११:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया