नेपाल टी-२० लिग खेल्ने टाेली कस्ता? कुन टिममा काे अनुबन्ध? [सूचीसहित]

नेपाल टी–२० लिगको ड्राफ्टमा ६ फ्रेन्चाइज टोलीले सबै खेलाडी अनुबन्ध गरेका छन् । आइतबार साँझ सम्पन्न खेलाडीको ड्राफ्टमा सबै फ्रेन्चाइजले खेलाडी अनुबन्ध गरेका हुन् ।

६ फ्रेन्चाइज टाेलीले ड्राफ्टबाट ६७ नेपाली तथा ३३ विदेशी खेलाडी अनुबन्ध गरे । ग्रेड ‘ए’ र मार्की खेलाडीले १५ लाख रुपैयाँ पाउनेछन् । ग्रेड ‘बी’ मा अनुबन्ध भएका खेलाडीले १० तथा ग्रेड ‘सी’ अनुबन्ध भएका खेलाडीले ५ लाख पाउनेछन् ।

 नेपाल टी–२० लिग आगामी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुँदैछ ।

यस्ता छन् नेपाल टी-२० लिग खेल्ने टोली :

काठमाडौं कान्तिपुर 

नेपाली खेलाडी- ज्ञानेन्द्र मल्ल (मार्की), लोकेश बम (बी) , बसिर अहमद (बी), कमलसिंह ऐरी (बी), अभिनाश बोहरा (बी) अनिल खरेल (सी), सौरभ खनाल (सी), सन्दीप रजाली (सी), सन्तोष कार्की (सी), सुनाम गौतम (सी) र गौतम केसी (सी)



विदेशी खेलाडी- श्रीलंका- थिसरा परेरा (ए ), दर्शनप्रिया विराक्कोडी (बी), धन्नजय डि सिल्भा (बी), कामिन्दु मेन्डिस (सी) र मलेसिया- वीरनदीप सिंह (सी)

पोखरा एभेन्जर्स 



नेपाली खेलाडी- आसिफ शेख (मार्की), शरद भेषावकर (ए), कुशल मल्ल(बी), प्रतीश जि.सी (बी), आरिफ शेख (बी), तुलबहादुर थापा (सी), विशालविक्रम केसी (सी), कृष्ण कार्की (सी), विपिन खत्री (सी), सुमित महर्जन (सी) र सिद्धान्त लोहनी (सी) ।

विदेशी खेलाडी- पाकिस्तान- मोहम्मद हफीज (ए ), सलमान इरशाद (सी), श्रीलंका-सिक्कुजगे प्रसन्न (बी), निरोशन डिकवेला (बी), शेहान मधुशंका (सी)

विराटनगर सुपर किंग्स 

नेपाली खेलाडी-  रोहितकुमार पौडेल (मार्की), अर्जुन साउँद (बी), नन्दन यादव (बी), विवेक यादव (बी), साहब आलम (बी), अमरसिंह राउटेला (सी), नारायण जोशी (सी), सूर्य तामाङ(सी), प्रदीप ऐरी (सी), पृथु बाँस्कोटा (सी) र रिजन ढकाल (सी) 

विदेशी खेलाडी- श्रीलंका- एन्जेलो म्याथ्यूज (ए), मिनोद रणसिंघे (सी), वेस्ट इण्डिज- जोशुआ पर्सुड ( बी), आन्द्रे म्याकार्थी(बी), केओन जोसेफ (सी), अमेरिका- गौरांशु शर्मा (सी) । 

 लुम्बिनी अल स्टार्स 

नेपाली खेलाडी- दीपेन्द्रसिंह ऐरी (मार्की ), अनिलकुमार शाह (बी), कुशल भुर्तेल (बी), गुलशन झा (बी), सागर ढकाल (बी), योगेन्द्रसिंह कार्की (सी), किशोर महतो (सी), तिलकराज भण्डारी (सी), सुनिल धमला (सी), आकाश चन्द (सी) र इशान पाण्डे (सी)

विदेशी खेलाडी- अस्ट्रेलिया- बेन कटिङ (ए), वेस्ट इण्डि- राखिम कोर्नवाल (बी),  इंग्ल्याण्ड- प्याट ब्राउन (बी), भारत- विपुल शर्मा (सी), श्रीलंका- लाहिरु मिलन्था (सी) र नुवान तुषारा (सी) ।

जनकपुर रोयल्स

नेपाली खेलाडी- सोमपाल कामी (मार्की), सन्दीप जोरा (बी), आदिल अन्सारी (बी), दिलिप नाथ (बी), ललितनारायण राजवंशी (बी), सुशन भारी (सी), सागर पुन (सी), पवन सर्राफ, (सी), जितेन्द्र मुखिया (सी), खडक बोहरा (सी) र राजेश पुलामी (सी)

विदेशी खेलाडी- इंग्ल्याण्ड- एडम लिथ (ए), वेस्ट इण्डिज- ट्रेभोन अबशाई ग्रिफ्थ (बी), अफगानिस्तान- इब्राहिम जाद्रान (बी), अमेरिका- राज रकी नन्नन(सी) र श्रीलंका- सुभाषसिङ्गे प्रियंजन (सी) । 

फारवेस्टर्न युनाइटेड 

नेपाली खेलाडी- करण केसी (मार्क), विनोद भण्डारी (बी), भीम सार्की(बी), देव खनाल (बी), राशिद खान(बी), दुर्गेश गुप्ता(सी), भुवन कार्की(सी), हरिशंकर शाह(सी), शेर मल्ल(स), बसन्त कार्की(सी), प्रकाश जैसी(सी) र हसिम अन्सारी (सी) ।

विदेशी खेलाडी- वेस्ट इण्डिज- कार्लोस ब्राथवेट (ए), जेसन मोहम्मद (सी), श्रीलंका: दुषण हेमन्थ (सी), पुलिना थारंगा (सी), अफगानिस्तान- अल्लाह गजानफर(सी) र जिया-उल रहमान (सी) ।

  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार ७:३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया