साफ यू-१७ को सेमिफाइनलमा श्रीलंकाको सामना गर्दै नेपाल

साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकाको सामना गर्दैछ । खेल कोलम्बोस्थित रोसकोर्स मैदानमा राति पौने ८ बजे सुरु हुनेछ । 

नेपाल समूह ‘बी’ विजेता तथा श्रीलंका समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका हुन् । समूह चरणमा दुवै खेल जितेको नेपालले भुटानलाई २–१ तथा भारतलाई ३–१ ले पराजित गरेको थियो ।

श्रीलंकाले भने समान एक जित र हारको नतिजा निकालेको थियो । उसले बंगलादेशसँग ५–१ को पराजय बेहोर्दा माल्दिभ्सलाई १–० ले हरायो । साफ यू–१७ को नाममा पहिलोपटक हुन लागेको भए पनि यो यसअघि प्रतियोगिता यू–१६ र १५ उमेर समूहमा आयोजना हुने गरेको थियो । 

नेपाल र श्रीलंका यू–१६ र १५ उमेर समूहमा दुईपटक आमनेसामने भएका थिए । जसमा दुवै खेल नेपालले जितेको छ । सन् २०११ मा साफ यू–१६ च्याम्पियनसिपको नामले सञ्चालन भएको प्रतियोगिताको पहिलो संस्करणमा नेपालले ६–० को प्रभावशाली जित दर्ता गरेको थियो । 

सन् २०१९ मा साफ यू–१५ च्याम्पियनसिपका नामले आयोजना भएको प्रतियोगिताको पछिल्लो संस्करणमा नेपाल २–० ले विजयी भएको थियो ।

अर्को सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता भारतले समूह ‘ए’ को विजेता बंगलादेशको सामना गर्नेछ । 





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार ७:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया