समूह विजेता बनेर साफको सेमिफाइनलमा पुग्ने सोचमा नेपाल

घरेलु मैदानमा जारी महिला साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज श्रीलंकाको सामना गर्दैछ ।

समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुनेछ । श्रीलंकाविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य लगातार दोस्रो जित निकाल्दै समूह विजेताका रूपमा सेमिफाइनल पुग्ने हुनेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ४–० ले हराएको थियो । पहिलो खेलमा भुटानसँग ५–० को हार बेहोरेको श्रीलंकालाई सेमिफाइनलमा स्थान बनाउन नेपालविरुद्ध फराकिलो जित आवश्यक छ ।

महिला साफमा हालसम्म नेपाल र श्रीलंकाले चारपटक एकअर्काको सामना गरेका छन् । चारैपटक नेपालले जित हात पारेको छ ।

नेपालले २०१२ को पहिलो भेटमा ३–० तथा २०१९ को पछिल्लो भेटमा ४–० को जित हात पारेको थियो । 





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार ९:३०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया