राप्रपा बागमती प्रदेश सांसद माझीले गरिन् पार्टी परित्याग

राप्रपाबाट बागमती प्रदेशको सांसद रहेकी रिता माझीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।

राप्रपाको निर्वाचित केन्द्रीय सदस्यसमेत रहेकी माझी गत निर्वाचनमा राप्रपाबाट रामेछापबाट बागमती प्रदेशसभा सदस्य भएकी थिइन् ।

पार्टीले सही नेतृत्व नपाएको बताउँदै उनले पूर्वाग्रही सोचबाट सिंगो पार्टी अघि बढ्न नसक्ने देखेर आफूले पार्टी परित्याग गरेको विज्ञप्तिमा उल्लेख गरेकी छन् । 





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार ९:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया