पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा आठजना पक्राउ परेका छन् ।
१४ भदौमा पोखरा–७ शान्तिनगरबाट कारमा लिफ्ट मागेकी एक महिलामाथि सामूहिक बलात्कार भएको उजुरी कास्की प्रहरीमा परेको थियो ।
१४ गते बिहान शान्तिनगरमा लिफ्ट दिएका व्यक्तिले ती महिलालाई कास्कीको माछापुच्छ्रे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
उजुरीमा महिलालाई माछापुच्छ्रे गाउँपालिका–३ मा रहेको एक बङ्गुर फार्ममा लगेर ९ जनाले पालैपालो बलात्कार गरेको उल्लेख छ । ‘बंगुर फार्ममा रहेको कर्मचारी बस्ने कोठामा ९ जनाले पटकपटक बलात्कार गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छिन् । पीडित महिलाले १५ गते बेलुकी नै उजुरी दिएकी थिइन्,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
बलात्कारमा संलग्न रहेको आरोप लागेका ९ जनामध्ये ८ जना पक्राउ परिसकेका र फरार रहेका एक जनाको खोजी भइरहेको प्रवक्ता तिवारीले बताए ।
उनका अनुसार पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।