कार्लोसले पहिलोपटक जिते युएस ओपन टेनिसको उपाधि

युएस ओपन टेनिस प्रतियाेगिताअन्तर्गत पुरुष एकलतर्फकाे उपाधि स्पेनका कार्लाेस अल्कराज गार्फियाले जितेका छन् ।

उनले आज बिहान सम्पन्न फाइनलमा नर्वेका कास्पर रूडलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । आर्थर एस स्टेडियममा कार्लाेसले खेल ६–४, २–६, ७–६ (७–१) र ६–३ ले आफ्नो पक्षमा पारे ।

कार्लाेसकाे याे पहिलाे ग्राण्ड स्लाम तथा युएस ओपन उपाधि हाे । ​याेसँगै उनी विश्व वरीयताकाे शीर्ष स्थानमा उक्लिएका छन् ।

महिलातर्फकाे उपाधि विश्व नम्बर १ इगा स्विटेकले जितिन् । उनले ओन्स जाबेउरलाई ६–२ र ७–६ (७–५) ले हराउँदै पहिलाेपटक युएस ओपनकाे उपाधि जितेकी हुन् ।





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार ९:५९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया