मिटरब्याजी पीडित बसिरहेको टहरा घेर्न पशुपतिमा प्रहरीको टोली

मिटरब्याजी साहुबाट ठगीमा परेका व्यक्तिहरू आन्दोलन गर्न काठमाडौं आएको ४१ औँ दिन पुगेको छ । उनीहरू ४१ दिनदेखि निरन्तर माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् । 

मिटरब्याजी पीडितहरू कीर्तिपुरमा टहरा बनाएर बसिरहेका छन् । तर, आज बिहानै उनीहरू बसेको टहरा प्रहरीले घेरेको छ । 

४१ औँ दिनको धर्नाका लागि माइतीघर मण्डला जाने तयारी गरिरहेका पीडित किसानलाई प्रहरीले हस्तक्षेप गर्न खोजेको संघर्ष समितिका सदस्य निर्ग नवीनले जानकारी दिए । 

मिटरब्याजी पीडितलाई आज धर्ना दिनबाट रोक्न खोजिएको उनको भनाइ छ । टहरालाई प्रहरीले घेरेपछि पीडितले नाराबाजीसमेत गरेका छन् ।

सरकारले न्याय नदिएसम्म घर नफर्किने उनीहरूको अडान छ ।  





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार १०:११:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया