छन्नुराम ​चौधरी यू-१५ महिला टोलीको गोलकिपर प्रशिक्षकमा नियुक्त
फरकधार / २७ भदौ, २०७९

यू–१५ महिला राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी नियुक्त भएका छन् ।



बंगलादेशमा आयोजना हुने यू–१५ महिला साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले चौधरीलाई गोलकिपर प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईले चौधरीलाई नियुक्ति पत्र हस्तान्तरण गरे । 



एन्फाले टोलीको मुख्य प्रशिक्षकमा भगवती राना मगर र सहायक प्रशिक्षकमा मंगल महर्जनलाई नियुक्त गरिसकेको छ । यू–१५ साफ महिला च्याम्पियनसिप आगामी नोभेम्बर १ देखि १२ सम्म बंगलादेशको ढाकामा हुनेछ ।



  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार ११:३८:११,   अन्तिम अपडेट : भदौ २७, २०७९ साेमबार ११:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया