मिटरब्याज पीडितमाथि प्रहरीले बर्सायो लाठी [तस्बिरहरू]

मिटरब्याजी साहुबाट ठगीमा परेका व्यक्तिहरूमाथि काठमाडौंमा प्रहरीले धरपकड गरेको छ । कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटर व्याज पीडितलाई रोक्न प्रहरीले गरेको धरपकडमा ३ जना घाइते भएका छन् । प्रहरीले पीडितहरू १५ जनालाई पक्राउ गरेको छ । 


मिटरब्याजी साहुबाट ठगीमा परेका व्यक्तिहरू आन्दोलन गर्न काठमाडौं आएको ४१ औँ दिन पुगेको छ । उनीहरू ४१ दिनदेखि निरन्तर माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् । 

मिटरब्याजी पीडितहरू कीर्तिपुरमा टहरा बनाएर बसिरहेका छन् । तर, आज बिहानै उनीहरू बसेको टहरा प्रहरीले घेरेको थियो । ४१ औँ दिनको धर्नाका लागि माइतीघर मण्डला जाने तयारी गरिरहेका पीडित किसानलाई प्रहरीले हस्तक्षेप गरेको पीडितका पक्षका एक जनाले बताए । 

संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ता, सदस्य निर्ग नवीन लगायत १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 

 





 

  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार १३:२७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया