डेंगुका कारण सावित्राले श्रीलंकाविरुद्धको खेल गुमाउने

नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारीले  महिला साफ च्याम्पियनसिपअन्तर्गत आज हुने श्रीलंकाविरुद्धको खेल गुमाउने भएकी छन् । पछिल्लो समय निकै फैलिरहेको डेंगुको संक्रमण भएकाले सावित्रा आजको खेलमा अनुपस्थित रहने भएकी हुन् ।

 यस्तै, टोलीका गोलकिपर प्रशिक्षक सुरजकुमार लामा पनि डेंगुबाट संक्रमित भएका छन् । दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  समूह ‘बी’ अन्तर्गतको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । नेपाल आज लगातार दोस्रो जित निकाल्दै समूह विजेताका रूपमा सेमिफाइनल पुग्न चाहन्छ ।

नेपालले पहिलो खेलमा भुटानलाई ४-० ले हराएको थियो । सो खेलमा सावित्राले २ गोल गरेकी थिइन् । 





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार १५:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया