प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले ‘प्रधानमन्त्री र मन्त्रीहरुले निर्वाचनमा प्रचारप्रसार गर्न नपाउने’ भनी जारी गरिएको निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।
संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख समेत रहेका एमाले उपाध्यक्ष नेम्वाङले आफ्नो दलको सुझाब विपरीत निर्वाचन आचारसंहितामा सो प्रावधान राखिएको भन्दै त्यसको पूर्ण रुपमा पालना गराउने काम निर्वाचन आयोगले गर्नुपर्ने बताएका हुन् ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले संसदीय प्रणालीको मूल्य र मान्यताविपरीत हुनेगरी निर्वाचन आचारसंहितामा सो कुरा निर्वाचन आयोगले उल्लेख गरेकोमा आफ्नो दलको असहमति भए पनि छापेर आएपछि त्यसलाई कार्यान्वयनै गराउनैपर्ने अडान रहेको स्पष्ट पारे ।
उपाध्यक्ष नेम्वाङले निर्वाचनमा उठेका उम्मेदवारहरुले घरदैलो गर्ने कार्यक्रमको पनि मिति तोकेर निर्वाचन आयोगले अव्यावहारिक काम गरेको भन्दै पुनर्विचार गर्न पनि ध्यानाकर्षण गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।