अप्पन विराटगढले सम्मान गर्यो पर्शुराम बस्नेतलाई

अप्पन विराटगढ परोपकार समाजले जितीय पर्वको अवसर पारेर एमाले नेता तथा खेलकुद महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम)लगायत मोरङका नेताहरुलाई सम्मान गरेको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मिथिलाको समग्र विकास तथा अप्पन विराटगढको उत्थानमा विशेष भूमिका खेलेको भन्दै बस्नेतलगायत नेताहरुलाई संस्थाले सम्मान गरेको हो ।

कार्यक्रममा नेकपा एमालेबाट मोरङ ४ नम्बर क्षेत्रका प्रतिनिधिसभा उम्मेदवारमा सिफारिसमा परेका विनोद ढकाल, योगेन्द्र मण्डललाई पनि सम्मान गरिएको थियो ।

बसुन्धरा झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले अध्यक्ष ओलीले जितिया पर्वको इतिहास नेपाली समाजले गर्व गर्न लायक भएको बताए । 

त्यस्तै, सम्मानित भएपछि बस्नेतले हाम्रो संस्कार र संस्कृतीलाई विश्व माझ चिनाउन यस पर्वलाई थप संरक्षण गर्दै जानुपर्ने र संस्कार र संस्कृतीको संरक्षण गर्न र पहिचान दिन जितिया पर्वको अहम भुमिका रहेको बताए ।





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार २०:२४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया