सन्नीको यो तस्बिर किन भयो भाइरल ?

मुम्बई– दुई दिनअघि बलिउड नायिका सन्नी लियोनीको एउटा तस्बिर इन्टरनेटमा आयो, जसमा उनी निकै प्रेमपूर्वक मलयाली नायक ममुटीतर्फ हेरिरहेकी छिन् ।  सामाजिक सञ्जालमा यो तस्बिर एकाएक भाइरल भयो । तस्बिरमा निकै विवादास्पद र आपत्तिजनक कमेन्ट पनि आए ।  

मलयालम अभिनेता अजु बर्गिजले फेसबुकमा यो तस्बिर सेयर गर्दै लेखेका थिए, ‘दाजुसँग बहिनी ।’

सन्नीको यस तस्बिरमाथि थुप्रै आपत्तिजनक कमेन्ट आए, व्यापक ट्रोल र मिम्स बने । फोटोमाथि विवाद चुलिएपछि अजुले फेसबुकबाट तस्बिर हटाए । यद्यपि, उनको ट्विटर र इन्स्टाग्राम एकाउन्टमा अझै यो तस्बिर देख्न सकिन्छ । 

यी दुई प्लेटफर्ममा पनि मानिसहरुले उस्तै ढंगले कमेन्ट गरेका छन् । यो पनि बताइएको छ कि, कतिपय आपत्तिजनक कमेन्ट ट्विटर र इन्स्टाग्रामबाट हटाइएको छ । 

जानकारीअनुसार, फिल्म ‘मधुर राजा’का निर्माताले सन्नीलाई एक खास गीतका लागि साइन गरेका थिए, जसमा उनी ममुटीका साथ डान्स गर्नेछिन् । 



मधुर राजा सन् २०१० मा रिलिज भएको मलयालम फिल्म ‘पोकिरी राजा’को सिक्वेल हो । 
 



  • प्रकाशित मिति : माघ १६, २०७५ बुधबार २०:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया