चिनियाँ महिलालाई अनौठो बिमारीः सुन्दिनन् पुरुषको आवाज

एजेन्सी– चीनमा एक महिला अनौठो रोगको शिकार भएकी छिन् । उनलाई अरु सबै आवाजहरु सुन्नमा कुनै समस्या छैन तर उनी पुरुषको आवाज सुन्नै सक्दिनन् । विशेषज्ञहरुका अनुसार यस्तो समस्या कानको समस्या भएका १३ हजारमध्ये एकमा मात्र हुन्छ । यसलाई रिभर्स स्लोप हियरिङ लस भनिन्छ । चिकित्सकहरुले यस्तो समस्याको कारण तनाव हुनसक्ने अनुमान गरेका छन् ।

यस्तो समस्यामा परेकी महिला चाहिँ चीनको जियामेनकी हुन् । जब एक बिहान उठ्दा उनले आफूसँगका साथीको आवाज सुन्न सकिनन्, उनी चेकअपका लागि अस्पताल पुगिन् । त्यहाँ उनलाई यस्तो अनौठो रोग लागेको थाहा भयो । 

यो बिमारी भएपछि पुरुषको मात्र होइन, सानो आवाज सुन्नमा पनि समस्या हुन्छ । यस्तो समस्या हुने मानिसहरुले अत्यन्त कम फ्रिक्वेन्सीका आवाजहरु पनि सुन्न सक्दैनन् । लामो समय कानको बिमारी, मिर्गौला तथा उच्च रक्तचापका बिरामीमा यस्तो समस्या बढी देखिएको चिकित्सकहरुले बताएका छन् ।





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार २३:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया