नेपाल श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गएराति समपन्न दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
कोलम्बोको रेस कोर्स ग्राउन्डमा नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्सम लिम्बू, हरिशराज भट्ट, सुवास बम, निरज कार्की, युनेश बुढाथोकी र सिजल राईले एक/एक गोल गरे ।
खेलको २२ औं मिनेटमा प्रशान्तको पेनाल्टी गोलमार्फत नेपालले अग्रता लिएको थियो । २३ औं मिनेटमा हरिसले नेपालको दोब्बर बनाए । ३१ औं मिनेटमा सुवासले टोलीका लागि तेस्रो गोल गरे ।
३८ औं मिनेटमा निरजले गोल गर्दा नेपाल ४–० ले अघि बढ्यो । ५१ औं मिनेटमा युनेशले टोलीका लागि पाँचौं गोल गरे । ९० औं मिनेटमा सिजलले गरेपछि नेपालले ६–० को फराकिलो जित निकाल्यो ।
नेपालले उपाधिका लागि बुधबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतले बंगलादेशलाई २–१ ले हराएर फाइनलमा स्थान बनाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।