बेलायती राजा चार्ल्स तृतीयको संसदमा पहिलो सम्बोधन

बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलोपटक बेलायतको संसदलाई सम्बोधन गरेका छन् । सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय माता महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गरे । 

सम्बोधनका क्रममा महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’ आफुमा हस्तान्तरण गरिएको राजा चार्ल्सले  संसदलाई दिए । 

बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चार्ल्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको थियो । महारानीको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । 





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार ७:५४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया