स्पेनिस स्ट्राइकर डिएगो कोस्टा इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले अनुबन्ध भएका छन् । उसले सोमबार यस सिजनका लागि कोस्टालाई फ्रि–ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।
स्ट्राइकर सासा कालाजिक र राउल जिमेनेज घाइते भएपछि उल्भ्सले कोस्टा अनुबन्ध गरेको हो । कोस्टा ब्राजिलको एट्लेटिको मिनिरो छाडेपछि क्लबविहीन थिए ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडसँगको सम्झौता अन्त्य गर्दै कोस्टा गत सिजन ब्राजिलियन क्लब पुगेका थिए । तर, उनको सम्झौता जनवरीमा सकिएको थियो ।
कोस्टाले क्लबका लागि १२ ब्राजिलियन सिरी ‘ए’ लिग खेलमा ४ गोल गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।