महिला साफ : समूह विजेता बन्ने लक्ष्यमा भारत र बंगलादेश

काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफमा आज समूह ‘ए’ को समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा माल्दिभ्स र पाकिस्तान भिड्नेछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

प्रतियोगिताबाट बाहिरिसकेका यी दुवै टोली आज जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छन् । यस्तै, भारत र बंगलादेशबीच हुने दोस्रो खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

दुवै टोली आज जित निकाल्दै समूह विजेताका रूपमा सेमिफाइनल पुग्ने योजनामा छन् । भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । यो खेलले समूह विजेता र उपविजेता तय गर्नेछ ।

यसअघि भारतले पाकिस्तानलाई ३–० र माल्दिभ्सलाई ९–० ले तथा बंगलादेशले माल्दिभ्सलाई ३–० र पाकिस्तानलाई ६–० ले हराएका थिए ।

समूह ‘बी’ बाट नेपाल र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । 





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १०:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया