स्पेनका पूर्वराजा कार्लोस बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुने

स्पेनका पूर्वराजा जुआन कार्लोसले रानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने भएका छन् ।  जुआन कार्लोस र उनकी श्रीमतीले सेप्टेम्बर १९ मा महारानीको अन्त्येष्टिमा उपस्थित हुने भएका हुन् । 

अभियोजकहरूले स्पेन र स्विट्जरल्याण्डमा ठगीको आरोपहरू खोज्न थालेपछि पूर्व राजा कार्लोसले अगस्ट २०२० मा स्पेन छोडेरे अबु धाबीमा बस्न थालेका थिए । अपर्याप्त प्रमाणका कारण अनुसन्धान खारेज गरिएको थियो । जुआन कार्लोसले आफूमाथि लगाइएका आरोपमा टिप्पणी गर्न अस्वीकार गर्दै आएका छन् ।

महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको निधनमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखले समवेदना प्रकट गरेका छन् । 





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १०:२५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया