काठमाडौंका यी सडक हुनेछन् आज प्रभावित, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
फाइल तस्बिर

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सको सवारीको कारण आज राजधानी काठमाडौंका विभिन्न सडक प्रभावित हुनेछन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विहान साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु कालीमाटी हुदै सोल्टी होटलसम्मको सवारी आवागमन  प्रभावित हुनेछ ।  

दिउँसो साढे ३ बजे रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने कार्यालयले जनाएको छ । 

त्यस्तै दिउँसो साढे ४  बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुनेछ  । 

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार ११:४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया