प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

प्रधानसेनापति महारथी प्रभुराम शर्मा र अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार जंगी अड्डास्थित प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो ।

नेपालका लागि अमेरिकी राजदूत बेरीले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता आउने अवसरमा सो भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा प्रधानसेनापति शर्माले राजदूत बेरीले पूरा गरेको कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामनासमेत दिए ।  
 
 





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १२:१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया