पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै २०औँ पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् । डा.केसीले २०औँ अनसन सुरु गरेको भोलिपल्ट मंगलबार सामाजिक सञ्जाल ट्विटर मार्फत उनले उक्त कुरा बताएका हुन् ।
‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा. केसीले २०औँ पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ डा. भट्टराईले ट्विटरमा लेखेका छन् ।
आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा. केसीले सोमबार धनगढीमा गई २०औँ अनसन सुरु गरेका हुन् ।
‘त्यहाँ विकृति विसङ्गति छ भन्ने हामी सबैले स्विकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा सञ्चालन नगर्ने किन ? वेलैमा सोचौँ,’ डा. भट्टराईले भनेका छन् ।
सार्वजनिक स्वास्थ्य/शिक्षाक्षेत्रको सुधारको विषयलाई लिएर डा.केसीले२०औं पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो।त्यहाॅ विकृतिविसंगति छन् भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने किन?कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा संचालन नगर्ने किन?वेलैमा सोचौं! pic.twitter.com/UzGJeD7fga
— Baburam Bhattarai (@brb1954) September 13, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।