मुगुमा १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडकखण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेको आरोप छ ।
पीडितको उजुरीका आधारमा बलात्कार आरोपमा छायाँनाथ रारा नगरपालिका–४ का २१ वर्षीय श्रीष्ट महतारा, कालीकोट सन्नी त्रिवेणी गाउँपालिका–३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका–१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैसी र १३ वर्षीय बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
उनका अनुसार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा राखि विस्तृत अनुसन्धान भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।